काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ। नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असोजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो ।
‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा समाहित भएका विप्लव सो पार्टीबाट पनि अलग्गिएर नेकपा गठन गरेर राजनीतिमा सक्रिय छन्। दुई वर्षअघि शान्ति प्रक्रियामा आएको विप्लव समूहले पहिलो पटक काठमाडौंमा पार्टी महाधिवेशन गर्न लागेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation