९ कार्तिक २०८३, आइतबार

आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

  • २७ वैशाख २०८०, बुधबार
Image

काठमाडौं-  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्। 

उनले बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिएर अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन्।  केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ।

‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उनले दिएको उजुरीमा उल्लेख छ।

कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद राणाले अडियोको रेकर्ड पनि उजुरीसँगै पेश गरेकी छन्।



प्रतिक्रिया

सम्बन्धित खवर