काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार (१९ वैशाख) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि १८ वैशाखमा विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। तर, प्रदेशसभाका सभामुख तुलाराम घर्तीले वैशाख १९ गते मंगलबार बिहान ११ गतेको लागि बैठक आह्वान गरेका छन्।
भोली (सोमबार) अन्तर्राष्ट्रियय श्रमिक दिवस परेकाले विश्वासको मत लिने दिन मंगलबारलाई सारिएको कांग्रेसकी सचेतक निमा गिरिले बताइन्। गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका थिए।
मंगलबार विश्वासको मत लिएपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरिएको छ। मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन र तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation