४ जेठ २०८१, शुक्रबार

डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स

  • १७ वैशाख २०८०, आइतबार
Image

काठमाडौं- विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्।  नर्स समेत रहेकी अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै शनिबार काठमाडौं बोहराटारस्थित उनकै घरमा गएर आत्महत्या गरेकी हुन्।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका पाइएको छ।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्।  ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर