८ कार्तिक २०८३, शनिबार

सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारविरुद्ध नेपालको सानदार जित

  • १४ वैशाख २०८०, बिहिबार
Image

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ। सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो।

नेपाल समूह चरणमा अपराजित रह्यो। जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो। समूहमा  ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ  उपविजेता बन्यो। नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो। साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो।

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो। कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए। खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ रन जोडे भने अमिर फरिकले १४ रन बनाए।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका  सन्दीप  लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२  रनको योगदान दिए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ आसिफ शेखले १९ दीपेन्द्रसिंह ऐरीले १२ र  सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन/तीन  विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए। जितसँगै नेपाल एसीसी प्रिमियर कपको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर