९ कार्तिक २०८३, आइतबार

पुटिनले भने - वार्ताको लागि तयार छु तर देशको सुरक्षामा सम्झौता गर्दिनँ

  • १२ फागुन २०७८, बिहिबार
Image

मस्को - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अहिले पनि युक्रेनको विषयमा पश्चिमी मुलुकसँग कूटनीतिक समाधानको खोजीमा रहेको बताएका छन्।

यद्यपि यसको समाधान खोज्ने क्रममा रुसको हित र आफ्ना नागरिकको सुरक्षालाई भने बेवास्ता गर्न नसकिने उसले बताएको छ। पुटिनले यो विषयमा कुनै पनि सम्झौता नहुने उल्लेख गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै पुटिनले आफूहरु इमान्दार वार्ताको लागि तयार रहेको बताएका हुन्। 

आफ्नो सम्बोधनमा उनले रुसको सेनाको तारिफ गरेका छन्। उनले सेनाले सधैं देशको हितको लागि काम गर्नेमा आफ्नो विश्वास रहेको उल्लेख गरेका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको सीमामा करिब २ लाख सैनिक तैनाथ गरेको बताएका छन्। उनले रुसले युक्रेनमाथिको आक्रमणको प्रस्ताव पनि पारित गरिसकेको बताएका छन्।

उनले आफूले रुसी समकक्षीसँग वार्ताको प्रस्ताव गरे पनि कुनै प्रतिक्रिया नआएको बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर