काठमाडौं- भारतको महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस शनिबार बिहान चार बजे खाल्डोमा खसेको हो।
प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए। गृहमन्त्री अमति शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ। उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation