२४ वैशाख २०८१, सोमबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • २० चैत २०७९, सोमबार
Image

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा १० रुपैयाँसम्म घटाएको जानकारी दिएको छ।

निगमले निर्णय सार्वजनिक गर्दै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरिएको जानकारी दिएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

यस्तै हवाई इन्धनमा पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ। नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो। नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर