९ कार्तिक २०८३, आइतबार

केन्द्रबाट गठबन्धन लाद्न हुँदैन : शेखर कोइराला

  • १४ चैत २०७८, सोमबार
Image

काठमाडौं - चुनावी गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गर्नै नहुने दोहोर्‍याएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु नहुँने बताएका हुन्।

कोइरालाले गठबन्धन कोसँग किन र केका लागि गर्ने ? भनेर प्रश्न उठाए। गठबन्धनभन्दा पार्टी एकतामा जोड दिनुपर्ने उनको धारणा थियो। 'गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ। केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं,’कोइरालाले भने।

स्थानीय निर्वाचनबारे आवश्यक छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारदेखि जारी छ। स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ-आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीले पनि धारणा राखेका छन्। कांग्रेसमा १४ जना पदाधिकारी छन्।

धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन्।

बैठक आज सकिने सम्भावना छ। बैठक सकिए पनि निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक हुनेछ। बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने जनाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर