काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।
आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
उनले भने, “तपाईँहरूका माग जायज छन्। तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ।” नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए।
यसैगरी उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखे। सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता खनालले पीडितसँग आग्रह गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation