हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्। सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्रीजम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए। उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation