९ कार्तिक २०८३, आइतबार

लागूऔषधसहित झापाबाट तीन जना पक्राउ

  • २१ फागुन २०७९, आइतबार
Image

झापा- अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई प्रतिबन्धित लागूऔसधसहित पक्राउ गरेको छ। 

शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा,  मेचीनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र  मोरङको मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९वर्षीयतिलु राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो। 

उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको झापाका जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर