भोजपुर- भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका –१२ तिप्लेमा बिहिबार बेलुका परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
चट्याङ लागेर स्थानीय नारायण भुजेलका १३ बर्षीय छोरा सरोज भुजेलको मृत्यु भएको हो। आफनै घरमा बसीरहेको बेला चट्याङ पर्दा घाइते भएका उनलाई उपचारका लागि तुम्लिङटार मनाकामना अस्पताल लग्दा अस्पतालले मृत घोषणा गरेको थियो।
अर्का स्थानीय भक्तबहादुर भुजेलको २५ बर्षीय छोरा प्रदिप भुजेल घाइते भएका छन्। उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation