७ वैशाख २०८१, शुक्रबार

दुर्गा प्रसाईंले २ अर्ब लगानीमा खोले तरकारी बजार, ओलीले उद्घाटन गर्दै

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं - व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएका छन्।

झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो भएको दाबी गरिएको छ। सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका-८ मा ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ संचालनमा आएको हो।

बजारमा २ हजार २०० कक्ष रहेका छन्। ४ हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईंले बताए।

किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको उनले बताए।

तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ। उक्त तरकारी बजारको आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर