८ कार्तिक २०८३, शनिबार

मधेशमा माओवादीका २ मन्त्रीले लिए शपथ

  • २४ माघ २०७९, मङ्गलबार
Image

जनकपुरधाम- मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन्।

 उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन्।


उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १(१) बाट निर्वाचित सांसद हुन्। प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ।

मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ। यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर