काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगको कार्यालय पुगेका छन्। आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्नका लागि बोलाएको थियो।
आयोगको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री देउवा आयोगको कार्यालयमा पुगेका हुन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता सुभासचन्द नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाणलगायतका विभिन्न दलका नेताहरु आयोगको कार्यालयमा पुगेका छन्।
निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनका कामहरुलाई सक्रियताका साथ अघि बढाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation