८ कार्तिक २०८३, शनिबार

सत्ता गठबन्धनलाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड

  • २२ माघ २०७९, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताएका हुन्।

“मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो”, उनले भने, “अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो। उहाँसँग फेरि भेटेर कुरा गर्छु।”

सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ। यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। 


प्रतिक्रिया

सम्बन्धित खवर