९ कार्तिक २०८३, आइतबार

कार्यपालिका र जिससको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धनको निर्देशन

  • १६ जेठ २०७९, सोमबार
Image

काठमाडौं- पाँचदलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका चुनावमा आपसी प्रतिस्पर्धा नगरी सहमित गर्न निर्देशन दिएको छ। जिल्लास्थित पार्टी इकाईलाई सत्ता गठबन्धनले यस्तो निर्देशन दिएको हो।

स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनसम्बद्ध पार्टीहरुबीच सहमति कायम गरी अगाडि बढ्न प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

७७ वटै जिल्लामा जिससका लागि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ। ३० वैशाखमा सम्पन्न स्थानीय चुनावपछि स्थानीय तहमा कार्यपालिका र जिल्लामा जिल्ला समन्वय समितिका लागि चुनाव हुन बाँकी छ। केही स्थानीय तहमा कार्यपालिकाको चुनाव भए पनि जिल्ला समन्वय समितिको भने चुनाव भइसकेको छैन।  

प्रतिक्रिया

सम्बन्धित खवर