३१ असार २०८१, आइतबार

आगामी चुनावबाट प्रधानमन्त्री बन्ने गरी आउँछौँ : रवि लामिछाने

  • २२ माघ २०७९, आइतबार
Image

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन्।

आइतबार सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो।'

सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए।  'कसैले खेदेर डराउँदिनँ। म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,' उनले भने।

उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए। 'म जेल गए पनि रास्वपा अघि बढ्छ। म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर