३१ असार २०८१, आइतबार

भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धन कार्यदलको बैठक

  • ४ वैशाख २०७९, आइतबार
Image

काठमाडौं- स्थानीय तहको निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक बालुवाटारमा जारी छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको यो समितिको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट भागबण्डाबारे छलफल गर्ने जनाइएको छ।

यसअघि आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले भागबण्डाबारे छलफल गर्ने अधिकार यो समितिको कार्यदललाई दिएको थियो।

यही कार्यदलले छलफल गरेर भागबण्डाबारे प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि अन्तिम निर्णय हुनेछ। भोलिसम्ममा सिट बाँडफाँटसहित तालमेलको टुंगो लाग्ने जनाइएको छ। यही समितिले देशभरबाट आएका प्रतिवेदनको पनि अध्ययन गरेर निर्णय लिनेछ।

स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो। सत्तारुढ नेपाली कांग्रेसका समितिहरूले अधिकांश पालिकामा तालमेल नमान्ने निर्णय गरिसकेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर