काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ। माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार पनि बस्न लागेको हो।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ।
माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation