नवलपरासी- बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन्।
शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation