१० असार २०८१, आइतबार

कस्तो छ आजको मौसम?

  • २ चैत २०७८, बुधबार
Image


काठमाडौं- प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । 

अहिले बिहान  देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर