काठमाडौं- आज देशभर कतै वर्षा र हिमपातको सम्भावना छैन तर आइतबारदेखि नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। आज राति भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी आइतबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार सोमबार दिउँसो पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
सो दिन राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation