दाङ- लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन्। बिहिबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन्।
मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा,जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ।
नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ बिश्वासको मत दिएनन्। मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation