५ जेठ २०८१, शनिबार

लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

  • ३ माघ २०७९, मङ्गलबार
Image

दाङ- लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

मंगलबार बसेको प्रदेशसभा बैठकबाट पाल्पा २ 'ख' बाट निर्वाचित घर्ती सभामुख र उपसभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद बनेकी खाण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले घर्ती सभामुखमा र खाँण उपसभामुखमा निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । सभामुख घर्तीको प्रस्तावकमा  एमालेका भूमिश्वर ढकाल र समर्थकमा आशिषकुमार चौधरी बसेका थिए।

यसैगरी, उपसभामुख खाँणको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका सीके गुप्ता बसेका थिए। ८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर