८ कार्तिक २०८३, शनिबार

विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

  • २ माघ २०७९, सोमबार
Image

काठमाडौं- पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ। आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज दे‍शभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो।

बिहान १०:५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर