१० असार २०८१, आइतबार

बाजुरा पुगेर गरिब गिज्याएका रवि लामिछानेले बनाए जनभावनाको मजाक

  • २३ असार २०८०, शनिबार
Image

काठमाडौं- राजनीति गर्नेहरुलाई टेलिभिजनबाट गाली गर्दै राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय जनतालाई नै अपमानित हुने गतिविधि गरिरहेका छन्। आफू जनताले बनाएको नेता भन्‍ने रविले तीनै जनतालाई नै अपमानित महसुस हुने क्रियाकलपा गरिरहेका छन्। 

गत बुधबार बाजुरा पुगेर देखाएको दृश्यले गरिबलाई गिज्याइरहेको र उनीहरुको गरिबीको उपहास गरिएको भन्दै सामाजिक सञ्‍जालमा उनको चर्को आलोचना भइरहेको छ। उनकी श्रीमतीले सञ्‍चालन गरेको नारी टेलिभिजनको शुभारम्भका लागि बाजुरा पुगेका लामिछानेले देखाएको स्टन्टले गरिबहरुप्रतिको उनको दृष्टिकोणलाई छर्लङ्‌ग पारेको छ। 

चर्चा कमाउनका लागि गरिएको क्रियाकलापले उनले गरिबलाई केवल भोट बैंक मात्र बनाएको स्पष्ट हुन्छ। सामाजिक सञ्‍जालमा उनका सहयोगी दीपक बोहराले सार्वजनिक गरेको भिडिओमा रवि लामिछाने एक पुरानो घरको बार्दलीमा बसेर हात हल्लाएको देखिन्छ। 

उक्त भिडिओको क्याप्सनमा बोहराले लेखेका छन्, ‘देश बुझ्न देशका दुर्गम गाउँहरु पुग्नैपर्छ। २०३२ सालमा बनेको बाजुरा जिल्लाको एउटा पुरानो घरको बार्दलीबाट।’ 

यो भिडियोले बाजुराको विकटता, गरिबी र अभावयुक्त जीवनशैली चित्रण हुन्छ। घरको बार्दलीमा सकि-नसकी छिरेर उनले हात हल्लाइरहेका छन्। उनले घरको बार्दली पुग्दा छालाको जुत्तासमेत फुकालेका छैनन्। 

काठमाडौंका सुविधासम्पन्‍न अपार्टमेन्टमा बस्‍ने रविले त्यहाँको घरको माथिल्लो तलामा जुत्ता लगाएरै पुगेर हात हल्लाइरहेको दृश्यले गरिबप्रतिको रविको बुझाइको स्तरले राजनीतिक विश्लेषकहरुको दीमाग हल्लाएको छ। परम्परागत राजनीतिक दलहरुप्रतिको वितृ्ष्णाको उपजका रुपमा उदाएका र पछिल्लो समय ठूलो जनताले भरोसा गरेका रविले उक्त भरोसा तोडेका छन्। 

जनताले भरोसा गरेका रविलाई चर्चाको भोक थियो, उनका आँखाले बाजुराबासीको खाली पेट देखेनन्। त्यहाँको विकटता र पछौटेपन देखेनन्, उनले त आफ्नो स्टन्‍नको मौका छोपे र जुत्तासहित भित्र पसेर बार्दली पुगेर भिडियो खिचाए। बाजुराका गरिब र घरको छानो फेर्न नसकेका निम्‍नवर्गीय जनतामाथि मजाक गरे। 

विकट ठाउँमा बस्‍ने र साँझबिहान दु:खजिलो गरी पेट भर्न पाएकोमा खुसी हुने जनताको भावनामाथि मजाक गरे। महिला सशक्तिकरण गर्ने उद्देश्यले उनकी श्रीमतीले सुरु गरेको नारी टेलिभिजनले पनि बाजुरालाई शुभारम्भका लागि रोज्यो। काठमाडौंमा सहकारीको पैसा खाएर भागेको आरोप लागेकी निकिता पौडेलले बाजुरा पुगेर त्यहाँका गरिबहरुको भावनामाथि गम्भीर प्रहार गरेको भन्दै आलोचना भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर