८ कार्तिक २०८३, शनिबार

आज कांग्रेस संसदीय दलको पहिलो बैठक बस्दै

  • २३ पुष २०७९, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक दिउँसो एक बजे बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बोलाइएको जानकारी दिएका छन्।

बैठकमा आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो अधिवेशन यही पुस २५ गते सुरु हुँदै छ।

संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। सभापति देउवाले बोलाएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर