काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मागप्रति सरकारले व्यवास्ता गरेको छ। १४ पुसमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठले सरकारमा सहभागि हुनका लागि ४ ओटा सर्त राखेको थियो।
जसअनुसार राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राखेको थियो।
हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउनु पर्ने राप्रपाको मागप्रति सरकार उदासिन बनेको छ।
हिन्दुराज्य, प्रदेश संरचनाको खारेजी, राजसंस्थाको पुनःस्थापनालगायत एजेन्डा राप्रपाको छ। यी कुनै एजेन्डा सरकारले अघि बढाएको छैन।
राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज पृथ्वी जयन्ती मनाउन गठित तयारी समिति बैठक बसेको थियो।
बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। राप्रपाले पृथ्वी जयन्ती मनाउने निर्णय गरि रहँदा सरकार भने चुपचाप बसेको छ।
आफ्ना माग सम्बोधन नभए सरकारमा नजाने निर्णय गरेको राप्रपा अब सरकारमा जान्छ कि बाहिरै बसेर समर्थन गर्छ भन्ने चासोको विषय बनेको छ। १४ सांसद रहेको राप्रपा सहित १६९ सांसदको सिफारिसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
राप्रपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरे पनि अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation