८ कार्तिक २०८३, शनिबार

२६९ कोरोना संक्रमित थपिए, १ जनाको मृत्‍यु

  • १६ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन्।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर