९ कार्तिक २०८३, आइतबार

माओवादी सुदूरपश्चिमले छान्न सकेन दलको नेता

  • १६ पुष २०७९, शनिबार
Image

धनगढी- नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ।

दलको नेता चयनका लागि शनिबार दिउँसो संसदीय दलको कार्यालयमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो। संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाटबीच सहमति नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए।

प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतबार बिहान ९ बजे फेरि बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए। भट्टले सहमतिकै आधारमा दलको नेता चयन गरिने दाबी गरेका छन्।

करीब ३ घण्टासम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो। सांसदहरुले आपसमा सहमति गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समय सम्म पनि उनीहरुबीच सहमति नजुटेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर