८ कार्तिक २०८३, शनिबार

गठबन्धन हाइज्याक भएको थियो, त्यसलाई करेक्सन गर्‍यौं : रामचन्द्र पौडेल

  • २६ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन् ।

उनले भने, ‘ गठबन्धन हाइज्याक भएको थियो। त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं।’

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए। उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए।

उनले कांग्रेसले कुनै पनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए। उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर