धनगढी- सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
५२ मध्ये ६ जनाले मातृभाषा (थारू भाषा)मा शपथ लिए। त्यसअघि ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। रावलले प्रदेश प्रमुखको कार्यालय र अन्य सदस्यले प्रदेश सभा भवनमा शपथ लिएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation