काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आज भक्तपुरको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले भोलि (शुक्रबार) हुने निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी सुरु गरिसकेको छ ।
भक्तपुरमा ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र छन् । भक्तपुर नपामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नपामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नपामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र तथा मध्यपुरथिमि नपामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्लामा जम्मा एक लाख ८९ हजार ५८४ मतदाता सङ्ख्या रहेका छन् । भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०४, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४३ जना रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation