५ जेठ २०८१, शनिबार

नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सर्‍यो

  • ७ पुष २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ।

यही पुस ८ गतेदेखि शुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि शुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उनले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताए।

उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो। यसअघि असोज ८ र मंसिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो। यसैगरी क्यानले नेपाल टी-२० लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ।

कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहनेछ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सन्चालन अधिकार पाएको यो प्रतियोगिता सुरुदेखि नै विवादमा छ।



प्रतिक्रिया

सम्बन्धित खवर