२१ वैशाख २०८१, शुक्रबार

अपराध अनुसन्धानमा केन्द्रित हुन आईजीपी सिंहको निर्देशन

  • ६ पुष २०७९, बुधबार
Image

काठमाडौं- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज सम्बोधन गर्दै उनले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहन निर्देशन दिए।

उनले हालै सम्पन्न आम निर्वाचनलाई  निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात् अब प्रहरीको नियमित काममा केन्द्रित रहन निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति सङ्ख्यामा अपराधी पक्राउ परे ? जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो ? तस्करी नियन्त्रणमा केकस्ता प्रयास भए ? आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न केकस्ता काम भए ? त्यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए।

नागरिकबाट आउने महत्वपूर्ण सूचना प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। उनले मानवअधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। 


प्रतिक्रिया

सम्बन्धित खवर