काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्। सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो।
सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। यस्तै उपनेतामा राजेन्द्र पाण्डे छानिएका छन्।
संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिएका छन्। माधव नेपालले रौटहट–१ चुनाव जितेका थिए।
राजेन्द्र पाण्डेले धादिङ-२ र प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए। प्रतिनिधिसभामा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation