८ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता

  • १३ असोज २०७९, बिहिबार
Image

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर