भक्तपुर- मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ।
मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुर्घटनापछि घाइते श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्भिक अस्प्ताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
स्कुटर चालक सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-७ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षीय पाल्दने लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation