काठमाडौं- चुनावको मुखमा नेकपा एमाले परित्याग गरेर रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।
सत्ता गठबन्धनको समर्थन पाए पनि भुसाल एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन्। भुसाल विश्वकर्मासँग ३ हजार ५ सय ६४ मतले पछि परे।
मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार विश्वकर्माले २४ हजार ८७२ मत ल्याएका छन्। सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत पाएका छन्। भुसाल एमाले स्थायी कमिटी सदस्य थिए। उनी पार्टीमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा रहेका थिए।
चुनावको समयमा पार्टीभित्र असन्तुष्टि चुलिएपछि एमाले परित्याग गरेका थिए। उनी २०७४ सालको निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation