१५ चैत २०८०, बिहिबार

सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवालाई सिके राउतको प्रस्ताव

  • १५ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग बुधबार भेट गरेका राउतले बिहिबार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। 

सत्ता गठबन्धनमा आफूलाई पनि सामेल गराउन आग्रह गर्दै केन्द्र सरकार र प्रदेश सरकारमा सहकार्य गर्न तयारी रहेको बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

बुधबार मात्रै देउवानिकट कांग्रेस नेता विमलेन्द्र निधिले सीकेसँग वार्ता गरेका थिए। सिके राउतको पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिक तर्फ ४ सिटजति आउनसक्ने आँकलन गरिएको छ। मधेस प्रदेशमा प्रत्यक्षतर्फ सिके राउतको पार्टीले ६ सिटमा जित हात पारेको छ। 

जनमत पार्टीका अध्यक्ष राउतले बुधबार  पूर्वउपसभापती विमलेन्द्र निधिसँग बानेश्वरस्थित उनकै निवासमा भेटवार्ता गरेका थिए। भेटका क्रममा निधिले राउतलाई यो गठबन्धनमा सहभागी हुन र नेपाली कांग्रेससँग संघमा र प्रदेशमा सरकार गठनमा सहभागी हुन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा डा. सिके राउत आफू पुर्ण सकारात्मक रहेको बताएका हुन्।

उक्त संवाद सकारात्मक भएपछि राउतले बिहीबार प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर