३१ असार २०८१, आइतबार

कार्यव्यवस्था परामर्श समितिमा २१ जनाको प्रतिनिधित्व हुने, कुन दलबाट कति ?

  • २२ चैत २०७९, बुधबार
Image

काठमाडौं- प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीका लागि बस्ने कार्यव्यवस्था परामर्श समिति सदस्यको टुङ्गो लागेको छ। बुधबार सिंहदरबारमा बसेको सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने दल लगायतको बैठकले सदस्य संख्या निश्चित गरेको हो।

जसअनुसार कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य सहभागी हुनेछन्। सभामुख, उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनेछन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई उनीहरुले पाएको सिट संख्याको आधारमा सदस्य संख्या निर्धारण गरिएको छ।

नेपाली कांग्रेसबाट ६ सदस्य, एमालेबाट ५, माओवादी केन्द्रबाट २ सदस्य कार्यव्यवस्था परामर्श समितिमा जान पाउने छन्।

यस्तै रास्वपा, राप्रपा, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, १ सिट भएका पार्टीबाट र स्वतन्त्र समेतको १ सदस्य भाग लिन पाउनेछन्। प्रतिनिधि सभाको बैठक बस्नु पूर्व कार्यव्यवस्था समितिमा सभा सञ्चालनबारे छलफल गर्ने प्रचलन रहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर