काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ। आज शुक्रबार कारोबार बन्द छ। शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ।
त्यस कारण शेयर कारोबार पनि नहुने भएको हो। पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो। वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ।
त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो। मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अङ्कले उकालो लागेर १९३६.८३ मा पुगेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation