८ कार्तिक २०८३, शनिबार

‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन : मन्त्री पौडेल

  • २९ कार्तिक २०७९, मङ्गलबार
Image

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन्। मंगलबार गलकोटमा घरदैलो तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हुन्।

‘केपी ओली प्रतिगमनकारी हुन्,’ उनले भने, ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्ने र न्यायलयमाथि हमला गर्ने केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध पाँचदलीय गठबन्धन भएको हो।’

प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए। ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठटन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर