९ कार्तिक २०८३, आइतबार

नेप्सेमा ३९ अंकको गिरावट, १ अर्ब ४० करोडको कारोबार

  • २३ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३९.१५ अंकको गिरावट आएको छ। कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अंकले घटेर बन्द भएको हो।

उच्च अंकको गिरावट आएसँगै परिसूचक १९ सय १७ अंकमा पुगेर रोकिएको छ। यस्तै, आज सेन्सेटिभ समूहमा ७.६८ अंकको गिरावट आएको छ।

२ प्रतिशतले घटेसँगै यो समूहको परिसूचक ३७६.५३ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएर १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर परिसूचक उच्च अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ।

यीमध्ये जीवन बीमा समूहमा १९९ अंकको गिरावट आएको छ। यस्तै, निर्जीवन बीमा समूहमा १४४ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १३६, लघुवित्त समूहमा ११९ र विकास बैंक समूहमा ११० को गिरावट आएको छ। यता वित्त समूह ७७ अंकले घट्दा जलविद्युत समूहमा ५३ अंकको गिरावट आएको छ।

यस्तै, बैंक, व्यापार, होटल र टुरिजम, अन्य, म्यूचुअल फण्ड र लगानी समूहमा समेत गिरावट आएको छ। सेयर बजार उच्च अंकले घटेको दिन अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ।

यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको वृद्धि आएको छ। यससँगै, प्रति कित्ता २७ रुपैयाँले बढेर सेयर मूल्य ३९१ रुपैयाँ पुगेको छ।

यस्तै, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ। यससँगै, प्रतिकित्ता २६ रुपैयाँले घटेर कम्पनीको सेयर मूल्य ३०१ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर