८ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम भूकम्प : राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन, मृतकप्रति श्रद्धाञ्जली व्यक्त

  • २३ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा भूकम्पका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६‍.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्।

मृतकप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भूकम्पका कारण घाइते भएकाहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

‘खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’

डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प गएका छन्। यी भूकम्पमध्ये बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रलले जनाएको छ। 

उक्त भूकम्पमा परी सुदूरपश्चिममा मानवीय क्षति पनि भएको छ। डोटीमा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​। अरू पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर