काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ। भोट माग्न स्थानीयको घरदैलोमा पुग्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा हातपात भएको हो।
चुनाव प्रचारका क्रममा खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले झापड हानेका हुन्। खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका हुन्।
खतिवडामाथि कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिइएको छ। खतिवडा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation