प्योङयाङ- उत्तर कोरियाले 'कुनै पनि समय' सातौँ परमाणु परीक्षण गर्न सक्ने अमेरिकी अधिकारीले चेतावनी दिएका छन्। उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आइतबार प्योङयाङले कीर्तिमानी आठ ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि यस्तो चेतावनी दिएका हुन्।
यसअघि यस्तो कुनै पनि आणविक परीक्षणलाई 'छिटो र बलियो प्रतिक्रिया' दिइने अमेरिकी उप-विदेश मन्त्री वेन्डी शर्मनले पत्रकारहरूलाई बताएकी थिइन्। प्योङयाङले पाँच वर्षदेखि आणविक परीक्षण गरेको छैन। तर, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ।
जकार्ताबाट बोल्दै किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताए। पछिल्लो कीर्तिमानी वर्ष २०१९ मा गरिएको २५ वटा क्षेप्यास्त्र परीक्षणको तुलनामा यो वर्ष ३१ वटा गरिएको उनको भनाइ थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation