काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकपको सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बावेमाथि ७१ रनको सहज जित निकालेको छ। मेलबर्नमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रन बनायो।
जिम्बावेका लागि रियान बुरीले ३५ रनको योगदान गरे। त्यस्तै सिकन्दर राजाले ३४ रन जोडे। भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहम्द श्वामी र हार्दिक पाड्याले दुई–दुई विकेट लिए।
भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो।
भारतका लागि सुर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले। २५ बल खेलेका सुर्यकुमारले ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै ३५ बल खेलेका राहुलले ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए।
भारतका लागि विराट कोहलीले २६ रन बनाउँदा हार्दिक पाड्याले १८ रन जोडे। बलिङतर्फ जिम्बावेका लागि सेन विलियम्सले दुई विकेट लिए।
त्यस्तै रिचर्ड नाराभा, बेलेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक–एक विकेट लिए। आजको खेलमा जित निकाल्दै भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ । समूह २ को उप–विजेता पाकिस्तान न्युजिल्यान्डसँग खेल्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation